कविता - एउटा भ्रम












- अमृत भीमानेली


मैले गरेको ठूलो दुःख

केवल जिम्मेवारी मात्रै थियो।


मैले बाँचेको उमेर

केवल संख्या मात्रै थियो।


मैले लिएको प्रमाणपत्र

केवल कागज थियो।


अनि,

मैले लिएको ज्ञान

केवल भ्रम मात्रै थियो।


प्रिय युवा!


तिमी नै ठीक थियौ,

तिमी नै ठीक छौ।

बाँकी अरू त—

केवल घटना मात्रै हुन्।

Comments

Popular posts from this blog

कविता - रसुवाको पीडा