Posts

Showing posts from September, 2026

कविता - एउटा भ्रम

Image
- अमृत भीमानेली मैले गरेको ठूलो दुःख केवल जिम्मेवारी मात्रै थियो। मैले बाँचेको उमेर केवल संख्या मात्रै थियो। मैले लिएको प्रमाणपत्र केवल कागज थियो। अनि, मैले लिएको ज्ञान केवल भ्रम मात्रै थियो। प्रिय युवा! तिमी नै ठीक थियौ, तिमी नै ठीक छौ। बाँकी अरू त— केवल घटना मात्रै हुन्।

कविता - आमा र घर

Image

कविता - रसुवाको पीडा

Image
- अमृत भीमानेली दुःख्नु, दुःखिसकेपछि, सहनु, सहिसकेपछि, आमाकै लासजस्तो, मेरो हिलाम्मे सहर हेरेर तिमी पनि दुख्छौ कि, राजधानी? मिल्छ र सकिन्छ भने, एक मुठी चिउरा र एक ढिके नुन लिएर आऊ ! तिम्रा लागि मसँग दुई–चार थान लासबाहेक अरू बाँकी अब केही रहेन।

कथा - हाँसिरहेको एउटा लास

Image
      -  अमृत भीमानेली पहिलोपटक उन लाई सिन्धुली अस्पतालको बिलिङ काउन्टरको लाइनमा , सबैभन्दा अन्तिममा उभिइरहेको देखेको थिएँ । सामान्य कद , कालो वर्ण , जनजाति य अनुहार , मझौला आँखा , गाउँले लुगा , अलिक ठूलो मुख अनि खुट्टामा प्लाष्टिक चप्पल – यही हुलियामा थिए उनी । म अर्को लाइनमा उन को सँगसँगै भएकोले एकपटक हेरेको थिएँ तर उन को उपस्थितिले खासै तानेको थिएन मलाई ।  " यो लाइन पनि हतारकै बेला मा चैं झन् कति लामो हुन्छ होइ ? "   सुन्ने मान्छे पनि अलि टाढै छ कि झैं गरी , पुरै जनजाति य लवजमा ठूलै आवाजमा बोलेकाले " को आएछ यहाँ ?" भ न् ने भावमा सबै उन कै अनुहार तिर हेर्न थाले । चिने का मान्छे ले " ए , राजकुमार पो !" भने , नचिन्नेले चिन्नेहरुसँग " को हो ? " भनेर साउतीमै सोध्न थाले । म भने लगभग मौन । जे होस् , नाम था हा पाएँ - ' राजकुमार ' रहेछ । एकपटक उन को अनुहार हेरें र ' यो अनुहारलाई कसले राजकुमार नाम राखे होलान् ' भनेर मनमनै हाँसें । वास्तवमा अनुहारले कहिल्यै राजकुमार नदेखिने उनै राजकुमार ...