- अमृत भीमानेली दुःख्नु, दुःखिसकेपछि, सहनु, सहिसकेपछि, आमाकै लासजस्तो, मेरो हिलाम्मे सहर हेरेर तिमी पनि दुख्छौ कि, राजधानी? मिल्छ र सकिन्छ भने, एक मुठी चिउरा र एक ढिके नुन लिएर आऊ ! तिम्रा लागि मसँग दुई–चार थान लासबाहेक अरू बाँकी अब केही रहेन।
- अमृत भीमानेली मैले गरेको ठूलो दुःख केवल जिम्मेवारी मात्रै थियो। मैले बाँचेको उमेर केवल संख्या मात्रै थियो। मैले लिएको प्रमाणपत्र केवल कागज थियो। अनि, मैले लिएको ज्ञान केवल भ्रम मात्रै थियो। प्रिय युवा! तिमी नै ठीक थियौ, तिमी नै ठीक छौ। बाँकी अरू त— केवल घटना मात्रै हुन्।
Comments
Post a Comment